एमाले अध्यक्षका लागि ओली र रावलबीच चुनाव हुने निश्चित, अध्यक्षमा रावलको उम्मेद्वारी दर्ता

0

काठमाडौं : नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच चुनाव हुने निश्चित भएको छ । आइतबार दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेपनि उनले अस्वीकार गरेर ओलीसँग चुनावमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

रावलले सोमबार अध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । उनको प्रस्तावकमा महादेव बजगाइँ र समर्थन दुधकला विष्टले रहेका छन् ।

त्यस्तै उपाध्यक्षमा घनश्याम भुसालले पनि उम्मेदवारी दर्ता गरेका छन् । ओलीले प्रस्ताव गरेको सूचिमा नपरेका अन्यले पनि केन्द्रीय सदस्यमा नाम दर्ता गरेका छन् ।

निर्वाचन प्रक्रिया आइतबार नै सुरु हुने कार्यतालिका भए पनि यसमा हेरफेर गरिएको छ । निर्वाचन सोमबार राति नौ बजेदेखि मंगलबार बिहान तीन बजेसम्म हुनेछ ।

अध्यक्ष ओलीले आइतबार राति १९ पदाधिकारी र ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेका थिए ।

Leave A Reply

Your email address will not be published.