कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा बानियाँ निर्वाचित

0

काठमाडौं : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँ जिल्ला कार्यसमितिको सभापतिमा सबुज बानियाँ विजयी भएका छन् ।

प्रतिद्वन्द्वी उपेन्द्र कार्कीलाई ८ सय ६८ मत अन्तरले पराजित गर्दै बानिया दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

निर्वाचित अध्यक्ष बानियाँले १ हजार ९ सय ५७ मत पाएका छन । कार्कीले एक हजार ८९ मत पाएका छन् ।

निर्वाचित बानियाँ प्रकाशमान सिंह र गगन थापा समूहबाट उम्मेदवार बनेका थिए । कार्कीलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट भीमसेनदास प्रधानको समर्थन थियो ।

उपसभापतिमा राजकुमार नकर्मी र गोकर्ण केसी निर्वाचित भए भने सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी निर्वाचित भएका छन् ।

त्यस्तै नेपाली कांग्रेस काठमाडौँ सहसचिवमा रोमेल श्रेष्ठ र अमिता प्रधान निर्वाचित भएका छन् । काठमाडौँमा जिल्ला सभापतिका लागि आइतबार मतदान भएको थियो ।

Leave A Reply

Your email address will not be published.