अस्ट्रियामा खोप नलगाएकालाई लकडाउन लागू

0

एजेन्सी : अस्ट्रियामा कोरोना भाइरसको संक्रमणका लागि राष्ट्रव्यापी लकडाउन भएको छ । सरकारले आइतबारदेखि खोप नलगाएका व्यक्तिहरूका लागि दिनका लागि लकडाउनको घोषणा गरेको हो ।

सरकारको पछिल्लो नियम अनुसार १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिले काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधि बाहेक अन्य कामका लागि घर छोड्न पाउने छैनन् ।

खोप नलगाएका व्यक्तिले प्रतिबन्धको पालना नगरे जरिवाना हुने बताइएको छ । अस्ट्रियामा ६५ प्रतिशतले मात्र पूर्णरूपमा खोप लगाएका छन् ।

झण्डै ९० लाख जनसंख्या रहेको यो देशमा लकडाउनबाट २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.