मुस्ताङमा हिमपहिरोको जोखिम कायमै

0

काठमाडौं : मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १ सय ५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् ।

कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् ।

भीम शेरचन र सकेन्द्र गौचनका ६५/६५ वटा याक चौँरीमध्ये १०/१२ वटा मात्र भेटिएका हुन् ।

भागदौड मच्चिदा सामान्य घाइते भएका कोबाङको जनआदर्श अमरसिङ माविका ११ जना शिक्षक विद्यार्थी जोमसोममा उपचारपछि घर फर्केका छन् ।

हिमपहिरो आएको क्षेत्रमा भएका गोठाला सुरक्षितरुपमा सम्पर्कमा आएको स्थानीयले बताएका छन् ।

हिमपहिरोले नाउरीकोटकी रत्नकुमारी शेरचनको घरको छानो उडाएको छ । हिमपहिरोले जङ्गलका अधिकांश रुख ढालेको छ । वन्यजन्तुको बासस्थानमा क्षति पुगेको छ । उवा र फापरबालीमा क्षति पुगेको छ ।

क्षतिको विवरण सङ्कलन भइरहेको कोवाङ प्रहरी चौकीले जनाएको छ । हिउँ जम्नुपर्नेमा बेमौसममा हिमपहिरो जानुलाई तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर मानिएको छ ।

हिमपहिरोको जोखिम अहिले पनि कायमै रहेको जनाइएको छ । अझै पनि त्यो क्षेत्रमा बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जानकारी दिएको छ । 

Leave A Reply

Your email address will not be published.