पाकिस्तानमा प्रतिबन्धित पार्टीले गरेको प्रदर्शनमा सुरक्षाकर्मीसँग झडप, चार सुरक्षाकर्मीको मृत्यु

0

एजेन्सी : विरोध प्रदर्शन नियन्त्रणमा लिने क्रममा पाकिस्तानमा भएको झडपमा चार जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

लाहोर नजिकै प्रतिबन्धित तेहरिक ए लब्बैक पाकिस्तान ‘टीएलपी’ पार्टीको र्‍यालीलाई सुरक्षाकर्मीले रोक्न खोजेपछि झडप हुँदा सुरक्षाकर्मी मारिएका हुन । घटनामा २ सय ६३ जना घाइते भएका छन् ।

र्‍याली राजधानी इस्लामावादतर्फ अघि बढन थालेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । ‘टीएलपी’ले हिरासतमा रहेका आफ्ना नेता साद रिजबीलाई रिहा गर्न माग गर्दै केही दिनदेखि निरन्तर प्रदर्शन गर्दै आएको छ ।

रिजबी गत अप्रिलमा पक्राउ परेका थिए । पैगम्बर मोहम्मदको काटुर्न फ्रान्सको एक अखवारमा छापिएसँगै रिजबी पक्राउ परेका हुन । यसअघि साधुकेमा भएको र्‍यालीमापनि प्रहरी र प्रदर्शनकारीविच झडप भएको थियो ।।

Leave A Reply

Your email address will not be published.