एमालेको स्थायी कमिटी बैठक आज बस्दै, महाधिवेशन केन्द्रित छलफल हुने

0

काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभा हलमा अध्यक्ष केपी ओलीले अपरान्ह चार बजे बैठक बोलाएका हुन् ।

बैठकमा वडा र स्थानीय तहको अधिवेशन समिक्षा हुनेछ । राष्ट्रिय महाधिवेशन तयारीका विषयमा पनि बैठकमा छलफल हुनेछ । बैठकमा महाधिवेशनको मापदण्ड र कार्यकालिकाबारे छलफल हुन लागेको हो ।

बाढी तथा पहिरो प्रभावित क्षेत्र बाहेक देशभर एमालेका वडा र स्थानीय तहको अधिवेशन सकिएको छ ।

जिल्ला र प्रदेश अधिवेशन सकेर मंसीरमा राष्ट्रिय महाधिवेशन गर्ने एमालेको तयारी छ । एमालेले आगामी मंसिर ११ र १२ गते चितवनमा पार्टीको १० औं महाधिवेशन गर्दैछ ।।

Leave A Reply

Your email address will not be published.