बागमती प्रदेशमा एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्दै

0

काठमाडौं : बागमती प्रदेशमा बिहीबार नयाँ सरकार गठन हुँदैछ । एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डे नयाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले बुधबार पदबाट राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् ।

चार दलीय गठबन्धनबाट एकीकृत समाजवादीका नेता पाण्डेले बुधबार नै प्रदेश प्रमुखसमक्ष आफ्नो दाबी पेस गरिसकेका छन् । नेता पाण्डेले आफूलाई बागमती प्रदेश सरकारको मुख्यमन्त्री बनाउन माग गर्दै प्रदेश प्रमुख शर्मासमक्ष ५९ जना प्रदेश सांसदको हस्ताक्षर पेस गरेका हुन् ।

एक सय नौ सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५५ सांसदको मत भए पुग्छ । सोही अनुसार पाण्डेको नेतृत्वमा बिहीबार नयाँ सरकार गठन हुने भएको हो ।

मुख्यमन्त्री पाण्डेसँगै गठबन्धनका प्रत्येक दलबाट एक/एक जनाले आज दिउँसो मन्त्री पदको शपथ गर्ने कार्यक्रम राखिएको छ ।

नेपाली कांग्रेसबाट कृष्ण भडेल, माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीबाट कृष्ण खनालले मन्त्री पदको शपथ लिन लागेका हुन् ।

मन्त्रिपरिषदलाई पूर्णता भने तिहारपछि दिने गठबन्धनको तयारी छ । तिहारपछि नै मुख्यमन्त्री पाण्डले विश्वासको मत लिने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.