अमेरिकामा पाँच वर्षमाथिका बालबालिकालाई फाइजर खोप दिने तयारी

0

एजेन्सी : अमेरिकामा कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेक खोप पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई पनि स्वीकृत गर्ने तयारी भएको छ ।

अमेरिकी सरकारको प्यानलले फाइजर खोप पाँच वर्ष वा त्यो भन्दा माथिल्लो उमेरका बालबालिकाका लागि पनि स्वीकृत गर्ने पक्षमा मतदान गरेको छ ।

फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसश (एफडिए) का विज्ञहरुले मंगलबार खोपलाई स्वीकृति प्रदान गर्ने पक्षमा आफ्नो मत दिएका हुन् ।

योसँगै अबको केही हप्ता भित्रै पाँचदेखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको आकश्मिक प्रयोगको स्वीकृति प्रदान गर्ने मार्ग प्रशस्त भएको छ ।

गत सेप्टेम्बरमा खोप उत्पादक कम्पनीले आफ्नो परीक्षणमा फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिका लागि सुरक्षित र प्रभावकारी पाइएको उल्लेख गरेको थियो ।

अमेरिकाले यसअघि नै फाइजर खोप १२ वर्ष र सो भन्दा माथिको उमेरका बालबालिकालाई दिइरहेको छ ।

अब एफडिए र सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले स्वीकृति प्रदान गरेपछि खोप लगाउन थालिने छ ।

नोभेम्बर २ मा स्वीकृति प्रदान गर्न सक्ने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.