परमादेश दिने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्नु गैरजिम्मेवार : प्रधानमन्त्री देउवा

0

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै एमाले अध्यक्ष केपी ओलीप्रति आक्रोश व्यक्त गरेका छन् ।

नेपाल तरुण दलको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गरे । उनले अदालतको आदेशको विरोध नगर्न एमाले अध्यक्ष ओलीलाई सचेत गराए ।

प्रधानमन्त्री देउवाले अदालतको बारेमा धेरै बोल्न नमिल्ने भन्दै न्यायालयको सम्बन्धमा उठेका सवालहरुबारे सत्तारुढ गठबन्धनमा छलफल गरेर अघि बढ्ने पनि स्पष्ट पारे । उनले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको बताए ।

देउवाले गजेन्द्रबहादुर हमाल प्रधानन्यायधीशको नभई आफ्नो पार्टीको मान्छे भएको भन्दै सोझो मान्छे भएर राजीनामा दिएको बताए ।

प्रधानमन्त्री देउवाले परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको दाबी गरे ।

उनले अदालतको आदेशको विरोध नगर्न एमाले अध्यक्ष ओलीलाई सचेत गराए । उनले नेपाली काँग्रेसको १४ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउने काममा केन्द्रित हुन पनि पार्टीका नेता, कार्यकतालाई आह्वान गरे ।

Leave A Reply

Your email address will not be published.