लेबनानको राजधानी बेरूतमा भएको प्रदर्शनमा गोली चल्दा छ जनाको मृत्यु, ३२ घाइते

0

एजेन्सी : लेबनानको राजधानी बेरुतमा भएको प्रदर्शनमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरु ३२ जना घाइते भएका छन् ।

गत वर्ष बेरुतको तटीय क्षेत्रमा भएको ठूलो बिस्फोटका सम्बन्धमा न्यायाधीशले गरेको अनुसन्धानको विरोधमा शिया मुसलमान समूह हेज्बुल्लाह र अमालले गरेको प्रदर्शनको क्रममा गोली चलेको हो ।

प्रदर्शनमा लेबनिज फोर्सका क्रिष्टियन स्पाइनरहरुले गोली चलाएको हेज्बुल्लाह र अमालले बताएका छन् । तर सो समूहले आरोप अस्वीकार गरेको छ ।

गत वर्ष तटीय क्षेत्रमा भएको बिस्फोटमा २ सय १९ जनाको ज्यान गएको थियो । त्यो घटनाको संलग्नतालाई लिएर ठूलो विवाद छ । अनुसन्धानमा सहभागी न्यायाधीश तारेक बितार पक्षपाती रहेको आरोप हेज्बुल्लाहको छ । तर प्रभावितका परिवारले भने न्यायाधीशको कामको समर्थन गरेका छन् ।

विस्फोटलाई लिएर अहिलेसम्म कसैलाई पनि दोषी ठहर गरिएको छैन । प्रधानमन्त्री नाजिक मिकाटीले शान्ति कायम गर्न आग्रह गरेका छन् । मिकाटीले शुक्रबारका लागि एक दिने शोकको घोषणा गरेका छन् ।

Leave A Reply

Your email address will not be published.