राष्ट्रपति भण्डारीद्वारा विजयादशमीको शुभकामना व्यक्त

0

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका कामना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दशैं मनाउन सबैमा आग्रह पनि गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नकारात्मक प्रवृत्तिका विरूद्धमा सकारात्मक प्रवृत्तिले विजय हासिल गरेको खुसीयालीमा मनाइने विजया दशमीको विशेष महत्व रहेको बताएकी छन् ।

दशैं पर्व शक्तिको उपासना, कृषि औजार तथा हतियारको पूजा गरी मनाइने नेपालीहरूको मौलिक सांस्कृतिक चाड भएको उनको भनाइ छ ।

यस पर्वको कृषिप्रधान नेपाली समाजको जीवनपद्धतिसँग समेत अभिन्न सम्बन्ध रहेको पनि राष्ट्रपतिको सन्देशमा स्मरण गरिएको छ ।

राष्ट्रपति भण्डारीले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास समेत व्यक्त गरेकी छिन् ।

Leave A Reply

Your email address will not be published.