पाकिस्तानमा भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु

0

एजेन्सी : पाकिस्तानको दक्षिणी बलोचिस्तान प्रान्तमा बिहीबार बिहान भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । ५ दशमलव ७ म्याग्निच्युडको भूकम्प जाँदा घरहरू भत्कँदा च्यापिएर मानिसहरुको मृत्यु भएको हो ।

पाकिस्तानको विपद् व्यवस्थापनसम्बन्धी अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन् । भुकम्पमा तीन सय भन्दा बढी घाइते भएका छन । घाइतेमध्ये केहीको अवस्था गम्भिर रहेको छ ।

क्वेटा शहरमा मानिसहरु भागाभाग गरेको दृष्य सामाजिक सञ्जालमा आएका छन् । क्वेटा शहरदेखि १७० किलोमिटर टाढा हरनाई भन्ने स्थानमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।

भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

Leave A Reply

Your email address will not be published.