सहमहामन्त्री डा महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

0

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरुको टोली बिहीबार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा डा महत नेतृत्वको टोली बिहीबार त्यसतर्फ लागेको हो ।

सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् । पाँच दिनको भ्रमणका क्रममा उनीहरुले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरुका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दिल्ली प्रस्थान गर्नुअघि डा महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए । यस्ता भ्रमणका क्रममा आपसी समझ्दारीमा वृद्धि हुनुका साथै दुई दल र त्यसमार्फत् दुवै देशका सरकारसमक्ष आफ्ना सरोकारका कुरा राख्न र आफ्ना विषयवस्तु बुझाउन पनि मद्दत पुग्ने उनले बताए ।

नेपाली कांग्रेसको यो प्रतिनिधिमण्डलले भारतीय जनता पार्टीको नेतृत्वमार्फत् नेपालको चासो, हित र सरोकारका विषय भारत सरकारसमक्ष पु¥याउन पनि मद्दत पुग्ने उनले बताए ।

Leave A Reply

Your email address will not be published.