मलेरियाविरुद्धको खोपले पायो स्वीकृति, बाल स्वास्थ्यमा ऐतिहासिक सफलता

0

एजेन्सी : मलेरियाविरुद्धको खोपले स्वीकृति पाएको छ । एक शताब्दीको प्रयासपछि मलेरियाविरुद्धको खोप तयार भएको हो । आरटीएस, एस भनिने खोप छ वर्षअघि प्रभावकारी प्रमाणित भएको थियो । यो खोपलाई चिकित्सा क्षेत्रकै ठूलामध्येको उपलब्धि ठानिएको छ ।

खोपको विकासलाई डब्लुएचओले मलेरियाविरुद्ध लड्ने ऐतिहासिक अभियानमा ठूलो फड्को भनेको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले खोप वितरणलाई एउटा ऐतिहासिक क्षणको रुपमा ब्याख्या गरेका छन् ।

परीक्षणका रूपमा घाना, केन्या र मलावीमा वितरण गरिएपछि डब्यूएचओले खोप सहारा अफ्रिका र मध्यमदेखि उच्च प्रकोप भएका अन्य क्षेत्रमा वितरण गर्ने जानकारी दिएको छ ।

ती तीन देशमा आठ लाख बालबालिकामा गरिएको मानव परीक्षणमा यस खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई तीस प्रतिशतले कमी ल्याएको देखिएको थियो ।

खोपले प्रत्येक १० जनामध्ये चार जनालाई मलेरिया रोग लाग्नबाट जोगाउन र प्रत्येक १० जनामध्ये ३ जनालाई गम्भीर अवस्थामा पुग्नबाट बचाउने बताइएको छ ।

खोपले प्रभावकारी रूपमा काम गर्न चारवटा मात्रा लगाउनुपर्ने बताइएको छ । अफ्रिकामा सन् २०१९ मा मात्र मलेरियाबाट २ लाख ६० हजार बालबालिकाले ज्यान गुमाएका थिए ।

Leave A Reply

Your email address will not be published.