फ्रान्सका क्याथोलिक चर्चमा २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार

0

एजेन्सी : फ्रान्सको एक क्याथोलिक चर्चमा सन् १९५० देखि हालसम्म करिब २ लाख १६ हजार बच्चामाथि यौन शोषण भएको एक स्वतन्त्र अध्ययनमा पत्ता लागेको छ । 

चर्चमा आम मानिसमाथि हुने दुर्व्यवहारलाई हेर्ने हो भने यो संख्या ३ लाख ३० हजारसम्म पुग्ने बताइएको छ । अनुसन्धान प्रमुख जीन–मार्क सोवेले यो धेरै ठूलो संख्या भएको बताएका छन् । 

चर्चले अनुसन्धानमा बाहिर आएको सो तथ्यप्रति दुःख व्यक्त गर्दै माफी मागेको छ । एक पीडितले यो रिपोर्ट फ्रान्सको इतिहासकै महत्वपूर्ण मोड भएको बताएका छन् ।

क्याथोलिक चर्चले आफ्नो कामको पपुर्मूल्यांकन गर्ने समय आएको उनको भनाइ छ । फ्रान्सको क्याथोलिक चर्चलाई लिएर सन् २०१८ मा अनुसन्धानको आदेश दिइएको थियो । चर्चको रेकर्डको अनुसन्धान, अदालत, प्रहरीदेखि पीडित र प्रत्यक्षदर्शीसँगको कुराकानीका आधारमा सो रिपोेर्ट तयार पारिएको थियो । 

चर्चमा यौनहिंसा भएको थाहा पाउँदा निकै पीडा भएको पोप फ्रान्सिसले वक्तव्यमार्फत उल्लेख गरेका छन् । यौनहिंसाका पीडितहरुले कारवाही तथा क्षतिपूर्तिको माग गरेका छन् । प्रभावितहरुको संस्था फ्रिड स्पीचले कारवाही तथा क्षतिपूर्तिको माग गरेको हो ।

चर्चहरुबाट स्पष्ट तथा ठोस प्रतिक्रिया आउनुपर्ने प्रभावितहरुको माग छ । प्रतिवेदनअनुसार कम्तीमा दुई हजार ९ सयदेखि तीन हजार दुई सयजना पादरीले बालबालिकामाथि यौनहिंसा गरेका हुन् । दुर्व्यवहारमा पर्ने बालबालिकाको संख्या तीन लाख ३० हजारसम्म पुग्न सक्ने उल्लेख छ ।

Leave A Reply

Your email address will not be published.