डा. बद्री केसीले गरे एनआरएनएकाे अध्यक्षमा उम्मेदवारी घाेषणा

0

गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा केसीले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्दै उम्मेदवारी घोषणा गरेका हुन ।

पत्रकार सम्मेलनमा बोल्दै केसीले एनआरएनएलाई समग्र प्रवासी नेपालीहरुको भावनाअनुसार अघि बढाउन सहकार्य गर्न इच्छुक अन्य पदका प्रत्यासीहरुलाई पनि आफूले समेटेको बताए । ‘समृद्धि र रुपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित आफ्नो टिमका सदस्यहरुलाई सार्वजनिक गरेका थिए। 

‘स्थापना कालदेखि नै संघका विभिन्न जिम्मेबारीमा रहेर कार्य गरेको अनुभव र आफ्ना अग्रज तथा शुभेच्छुकहरुको चाहनालाई सम्मान गर्दै मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको गरेको  हुँ,’  केसीले भने।  उनले  रोजगारी, वैदेशिक लगानी, संस्थागत पुर्नसंरचना, गैरआवासीय नेपालीका हकअधिकार, सीप र प्रविधिसहितको एनआरएनए, नेपालमा पर्यटन प्रवर्द्धन , युवा र महिलाका मुद्दा र अन्तर्राष्ट्रिय संघसंस्थासँगको सहकार्य आफ्ना प्रमुख एजेन्डाका रुपमा रहने बताए  ।

महासचिव शर्माको आक्रोश

कार्यक्रममा बोल्दै संघका महासचिव डा हेमराज शर्माले नेपालको परराष्ट्र मन्त्रालयमाथि आक्रोश व्यक्त गरेका थिए।  

“गैरआवासीय नेपाली संघलाई जसरी पहिले स्वतन्त्रता दिइयो त्यसरी नै स्वतन्त्र हुन दिनुस् । अहिलेकै खालको हस्तक्षेप हो भने यो एनआरएनएलाई यहिँ निर बन्द गरिदिउँ । विदेशमा जसरी पर्यटन दूतहरु तपाईहरुले नियुक्ति गर्नुहुन्छ त्यसरी नै एनसिसीका अध्यक्षहरु, आइसीसी अध्यक्ष पनि नियुक्त गरिदिनुस् । त्यसपछि सबै कुराको खेल खत्तम हुन्छ । तपाईहरुले भने जस्तै हुन्छ । हामी साथी साथीहरुबिच लड्न भिड्न पर्दैन । होइन भने यो संस्थालाई अप्ठेरो परेको बेला यो संस्था र राष्ट्रको हितलाई केन्द्रमा राख्ने हो भने यसलाई सहयोग गरिदिन म अनुरोध गर्दछु ।”

गत महिना संघको दशौँ महाधिवेशनका लागि संघले प्रारम्भिक मतदाता नामावली प्रकाशित गरे पछि त्यसमा व्यापक धांधली गरिएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो।  त्यसपछि परराष्ट्र मन्त्रालयले अध्यक्ष कुमार पन्त लगायतका अधिकारीहरुसंग सोधपुछ गरेको थियो।  मन्त्रालयले एक समिति गठन गरेर उजुरीहरु माथि छानबिन गरेता पनि आफ्नो प्रतिवेदन भने अझै बुझाएको छैन।

महfसचिव शर्माले केसीकै टिमबाट २०२१-२३ कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। 

उम्मेदवारबारे परस्पर विरोधी दावी

यसै बीच अध्यक्ष पदका अर्का प्रत्यासी कुल आचार्यको टिमबाट उपाध्यक्ष पदको उम्मेदवारी दिने जनाइ सकेका महेश श्रेष्ठ तथा कोषाध्यक्षका उम्मेदवार  लोक दाहाल पनि आफ्नो टिममा रहेको घोषणा उक्त कार्यक्रममा गरिएको थियो।   

हाल काठमाडौँमै रहेका लोक दाहालले सोमबार कुल आचार्यको टिमद्वारा संचालित खुला डबलीमा बोल्दै आफुले  टिम कुलबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने जनाएका थिए। यस अघि ती दुवैको फोटो सहितको पोस्टर केसी पक्षले सार्वजनिक गरेको थियो। 

कार्यक्रममा संघका संस्थापक महासचिव भिम उदासको नाम बोलाइए पनि उनी उपस्थित भएनन्।  उदासले गत साता काठमाडौँमा आयोजित कुल आचार्यको घोषणा सभामा उपस्थित भएर उनलाई शुभकामना दिएका थिए।

Leave A Reply

Your email address will not be published.