भाजपाको निमन्त्रणामा कांग्रेसको टोली भारत जाँदै

0

काठमाडौं : नेपाली कांग्रेसका नेताहरू भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा उनीहरू बिहीबार भारतको भ्रमणमा जान लागेका हुन् ।

कांग्रेसका सहमाहामन्त्री डा. प्रकाशशरण महतको सचिवालयका अनुसार उनीसहित नेताहरू अजय चौरसिया, उदयशमशेर राणा चार दिनका लागि भारत भ्रमणमा जाने भएका हुन् ।

भ्रमण दुई पार्टीबिचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताइएको छ ।

यसअघि गत अगष्ट महिनामा भाजपका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए । उनले प्रमुख राजनीतिक दलका नेताहरुसँग भेट गरेका थिए ।

Leave A Reply

Your email address will not be published.