फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप झन्डै छ घण्टा बन्द, फेसबुकले माग्यो माफी

0

एजेन्सी : फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप गएराति विश्वभर झन्डै छ घण्टा बन्द भएका छन् । अचालक बन्द भएका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप पुनः सञ्चालन भएका छन् ।

तीनवटै सामाजिक सञ्जालहरू फेसबुक कम्पनीका हुन् जसलाई वेबसाइट र स्मार्टफोन एपहरूमा चलाउन सकिएको थिएन ।

फेसबुकले त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै त्यसका लागि माफी मागेको छ । उसले ती समस्या सुल्झाउन र आफ्ना डिजिटल मञ्चहरूलाई सामान्य अवस्थामा फर्काउन आफ्ना टोलीहरूले सक्दो छिटो काम गरेको जानकारी दिएको छ ।

फेसबुकका प्रमुख प्रविधि अधिकृतले आफ्ना सेवाले पुर्णरुपमा काम गर्न भने केही समय लाग्ने बताएका छन् ।

यस्ता अवरोधको विवरण राख्ने डाउनडिटेक्टरका अनुसार सोमबार बेलुका देखिएको समस्या अहिलेसम्मकै ठूलो अवरोध हो । जसबारे विश्वभरिबाट १ करोड ६ लाख मानिसले उजुरी दिएका थिए ।

यस्तो तहको अवरोध फेसबुकले यसअघि सन् २०१९ मा मात्रै झेलेको थियो । त्यतिबेला १४ घण्टाभन्दा लामो समय फेसबुकमा समस्या देखिएको थियो । बन्द भएपछि फेसबुकको सेयर छ प्रतिशत घटेको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.