सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ प्रहरी नियन्त्रणमा, ४६ करोड ठगी गरेको आरोप

0

काठमाडौं : सिभिल ग्रुपका अध्यक्ष तथा पूर्व सांसाद इच्छाराज तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई काठमाडौंको सुन्धारावाट नियन्त्रणमा लिएको हो ।

ठगी सम्बन्धी उजुरी परेपछि छानविनका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सिभिल सहकारीबाट तामाङले ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा विभिन्न समूहले उजुरी गरेको प्रहरीको भनाइ छ ।

तामाङमाथि तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा जम्मा गरिएको हजारौँ ग्राहकको निक्षेप हिनामिना र ठगी गरेको आरोपमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यवसायी र सिभिल बैंकका अध्यक्षसमेत हुन् ।

Leave A Reply

Your email address will not be published.