माधव नेपाल र बाबुरामविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते

0

माधव नेपाल र बाबुरामविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते सुनाउने भएको छ ।

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको निवेदनमा सर्वोच्च अदालतले आगामी कात्तिक १५ मा फैसला सुनाउने भएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले सोमबार अन्तिम सुनुवाइ गर्दै १५ कात्तिकमा निसु ‘निर्णय सुनाउने’ आदेश गरेको हो । यस्तै दुवै पक्षका कानून व्यवसायीलाई १० कात्तिकभित्र आफ्नो बहस नोट पेस गर्नसमेत इजलासले आदेश गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र भट्टराईलाई उक्त प्रकरणमा मन्त्रिपरिषद्‌बाट सामूहिक रूपमा गरेका नीतिगत निर्णय भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गर्नु नपर्ने निष्कर्ष समेत निकालेको छ ।

सरकारी जग्गा व्यक्तिको नाममा गरेको मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave A Reply

Your email address will not be published.