अफगानिस्तान सरकार ढल्नुमा तालिबानसँगको सम्झौता मुख्य कारक : अमेरिकी रक्षा अधिकारी

0

एजेन्सी : अफगानिस्तान सरकार ढल्नुमा तालिबानसँग अमेरिकाले गरेको सम्झौता मुख्य कारण रहेको सैन्य अधिकारीहरुले बताएका छन् । अमेरिकाको माथिल्लो सदन सिनेटको समितिमा भइरहेको सुनुवाइको क्रममा सैन्य अधिकारीहरुले अफगानिस्तान तालिबानले कब्जा गर्नुमा सन् २०२० मा अमेरिकाले तालिबानसँग गरेको सम्झौता कारण रहेको बताएका हुन् ।

कतारको दोहामा भएको सम्झौताले अमेरिकी सैनिक फिर्ताको मिति तय गरेको थियो । सुनुवाइमा अमेरिकी सैनिक जनरल फ्रयांक म्याकेन्जीले अफगान सरकार र सैनिकमा सो सम्झौताको हानिकारक प्रभाव परेको बताएका हुन् ।

रक्षामन्त्री लोयड अस्टिनले पनि म्याकेन्जीको भनाइमा सहमति जनाएका छन् । सम्झौताले तालिबानलाई थप बलियो हुन सहयोग गरेको उनको भनाइ छ ।

डोनाल्ड ट्रम्पको पालामा भएको सहमतिलाई अमेरिकी जो बाइडेनले पनि निरन्तरता दिएका थिए । सोही सहमति अनुसार अमेरिकी सेना विस बर्षपछि गत अगस्ट ३१ मा अफगानिस्ताबाट फर्केको थियो ।

त्यसअघि नै तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जा गरेर सरकारलाई विस्थापित गरेको थियो ।

Leave A Reply

Your email address will not be published.