साइप्रसमा दुर्घटना परि निधन भएका तुलसी भुषालको शब नेपाल पठाइयो

0

साइप्रसमा दुर्घटनामा परि निधन भएका नेपाली युबा तुलसी भुषालको शब उनको परिवारको आग्रह अनुसार एनआरएनए साइप्रसको सकृयता र ब्यबस्थापनमा नेपाल पठाइएकोछ ।

जवान छोराको प्रदेशमा मृत्‍यु भएर ब्याकुल बनेको परिवारले एनआरएनए लगायत स्थानीय संघ संस्थालाई लास नेपाल पठाउन सहयोग गर्न आग्रह गरे अनुसार एनआरएनएको पहलमा साइप्रसका नेपाली दाजुभाइ दिदीबहिनीहरुले आर्थिक सहयोग गर्नु भएको थियो । जस अनुसार जम्मा ६५१५ युरो सहयोग संकलन भएकोमा २९३५ युरो लास नेपाल पठाउन खर्च भएको र बाँकी रकम नेरु ४९७७०५ भुषालको परिवारलाई ब्यान्क ट्रान्सफर गरिएकोछ ।


सुरुमा बिद्यार्थी भिषामा साइप्रस आएका भुषाल स्ट्याटस परिवर्तन गरी शरणार्थी स्ट्याटसमा रहेका थिए । उनको बैधानिक कागजी प्रकृया पुरा नभएको हुँदा साइप्रस सरकारबाट कुनै सहयोग हुने अवस्था नभएकोले नेपाली समुदायले उनको सदगत र परिवारलाई सहयोग गरेको हो ।


एनआरएनए साइप्रसले लास नेपाल पठाउन कानुनी प्रकृया पुरा गर्ने देखि बिभिन्न क्षेत्रमा क्षेत्रीय समिती बनाई सहयोग संकलन अभियान चलाएको थियो भने नेपाली अबैतनिक दुतावास साइप्रसले अन्य संयोजन गरेको थियो ।

एनआरएनए साइप्रसका अध्यक्ष कुन्दन कार्कीले यस् दु:खद घटनामा साइप्रसको नेपाली समुदायले गरेको सहयोग र देखाएको एकता एबम सहानुभुतिका लागि सम्पूर्ण संघसंस्था एबम सहयोगी मन हरुलाई हार्दिक धन्यवाद ब्यक्त गरेकाछन । त्यसै गरि नेपाली अबैतनिक दुतावास साइप्रसले पनि सहयोगी सबैलाई धन्यबाद दिएको छ ।

एनआरएनए साइप्रसकी महासचिब राधा पोख्रेल थापाले सहयोग दाताहरुको सम्पूर्ण विवरण संस्थागत गरि लिपिबद्ध गरिएको साथै सहयोग संकलन र खर्च विवरण पारदर्शी गरि राखिएको बताएकि छिन ।

एनआरएन साईप्रसले सोही घटनामा घाइते भएकी मिरा घिसिङको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ, उनको उपचारमा पनि सहयोग, समन्वय गरिरहेको र स्वास्थ्यमा सुधार हुँदै गएको पनि जानकारी गराएकोछ ।

Leave A Reply

Your email address will not be published.