जर्मनीमा एसडीएफले झिनो मतान्तरले जित्यो चुनाव, मर्केलको पार्टी पराजित

0

एजेन्सी : जर्मनीमा भएको चुनावमा सोसल डेमोक्र्याट्स पार्टी एसपिडी सबैभन्दा ठूलो दल बनेको छ । आइतबार भएको चुनावमा एसपिडीले २५ दशमलब ८ प्रतिशत मत ल्याएको हो ।

ओलाफ स्कोल्जलाई चान्सलरका रुपमा प्रस्तुत गरेको एसपिडी निर्वाचनका पहिलो दल बनेको हो । एसपिडीका नेता ओलाफले जर्मनीका जनताले सरकारमा परिवर्तन चाहेको स्पष्ट म्यान्डेट दिएको बताएका छन् । अबको सरकारको नेतृत्व आफूहरुले नै गर्ने उनले बताएका छन् ।

चान्सलर एङ्गेला मर्केलको पार्टी क्रिष्टियन डेमोक्र्याट्स सिडियू पार्टीले भने २४ दशमलब ३ प्रतिशत मत ल्याएको छ । त्यस्तै ग्रिन पार्टीले १४ दशमलब ६, एफडिपीले ११ दशमलब ५, एएफडीले १० दशमलब ४, लिन्कले ४ दशमलब ८ तथा अन्यले ८ दशमलब ७ प्रतिशत सिटमा जीत हासिल गरेका छ्न ।

नयाँ सरकार बनाउनका लागि अब गठबन्धन आवश्यक पर्ने देखिएको छ । तल्लो सदनका सदस्यले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् । तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार बन्नेछ ।

चुनावको नतिजासँगै सम्भवतः सोसल डेमोक्रेट्सका नेता ओलफ स्कोल्ज जर्मनीको नयाँ चान्सलर बन्नेछन् ।

डेढ दशक सत्ताको नेतृत्व गरेकी एङ्गेला मर्केल गठबन्धन नबनेसम्म सरकारमा रहने छिन् । मर्केलका उत्तराधिकारीले आगामी चार वर्षसम्म यूरोपको प्रमुख अर्थव्यवस्थाको नेतृत्व गर्नेछन् ।

१६ वर्षसम्म शासन गरेकी ६७ वर्षीय मर्केलले यो पटक उम्मेदवारी दिएकी थिइनन् । उनले सन् २००५ देखि लगातार जर्मनीमा शासन गर्दै आएकी छिन् । मर्केलको उत्तराधिकारी चुनिने भएकाले यो चुनावलाई युरोपमा विशेष महत्वका साथ हेरिएको छ ।

Leave A Reply

Your email address will not be published.