राष्ट्रियसभाबाट दुई वटा विधेयक पारित

0

काठमाडौं : राष्ट्रियसभाले बजेटसँग सम्बन्धित दुई वटा विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रियसभाको बैठकले प्रमख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले एमालेको बिरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि दफाबार छलफल अगाडि बढाउँदा कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि विधेयक बहुमतले पारित भएको घोषणा गरे । प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा पठाइएका यी दुई विधेयकलाई राष्ट्रियसभाले पुनः पारित गरी प्रतिनिधिसभामै पठाएको हो ।

प्रमुुख प्रतिपक्षी दल एमालेले सोमबार पनि अवरोध कायमै राखेको छ । सोमबारपनि राष्ट्रिय सभाको बैठक शुरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर विरोध गरेका हुन । बैठकमा बाल्दै एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरुको माग सम्बोधन नभएकाले अवरोध जारी रहने बताए ।

सभामुख अग्नि सापकोटामाथि असन्तुष्टि जनाउँदै एमालेले संघीय संसदको दुवै अधिवेशन अवरोध गर्दै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.