अमेरिकी संसदमा भएको आक्रमणमा ट्रम्पका सहयोगी छानविनमा तानिए

0

एजेन्सी : अमेरिकाको संसद भवन क्यापिटल हिलमा भएको आक्रमणमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगी छानविनमा तानिएका छन् । घटनाको छानविन गर्न बनाईएको समितिले पहिलो पटक चार जना आरोपितमाथि मुद्दा चलाउन निवेदन दिएको हो ।

तत्कालिन राष्ट्रपति ट्रम्पका चिफ अफ स्टाफ मार्क मिडोज, डेपुटी चिफ डान स्काभिनो, पूर्व सल्लाहकारहरु स्टिभ बानन र काश पटेललाई मुद्दा चलाउन समितिले निवेदन दिएको हो ।

निवेदन दिइएकमा चारैजना पूर्व राष्ट्रपति ट्रम्पका सहयोगी एवं कर्मचारी हुन् । उनीहरुमाथि दुष्प्रचार गर्दै चुनावी परिणाम उल्टाउन ट्रम्पका समर्थकहरुलाई उक्साएको एवं भड्काएको आरोप लगाइएको छ ।

छानविन समितिले बयानका लागि चारै जनालाई अक्टोबर १४ र १५ तारिखमा बोलाएको छ । जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए ।

उनीहरुले संसद भवन केही बेर नियन्त्रणमा लिएका थिए । सो क्रममा चार प्रहरीको मृत्यु भएको थियो ।

Leave A Reply

Your email address will not be published.