दशैंका लागि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

0

काठमाडौं : दशैंका लागि घर जानेहरुका लागि असोज ११ गतेदेखि लामोदूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ ।

यातायात व्यवस्था विभागले बिहीवार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो ।

अनलाइन प्रविधिमाफत् टिकट बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको सुरुवात गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दशैँको अग्रिम टिकट खोल्नुपर्ने बताउदै आएका थिए ।

सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँग शुक्रबार छलफल गर्ने सहमति समेत भएको छ ।

Leave A Reply

Your email address will not be published.