काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्यो, तीन जना बेपत्ता

0

काठमाडौं : काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गगत चितवनको इच्छाकामना गाँउपालिका पाँच नाग्दी खोला नजिकैबाट ग २ च ४९१८ नम्बरको कार त्रिशुली नदीमा खसेर बेपत्ता भएको हो ।

कारमा रहेका पोखरा महानगरपालिका छ का अन्दाजी ६० बर्षिय प्रेम भुजेल, सोही ठाँउका ५५ बर्षिय लेखबहादुर भुजेल र ३६ बर्षिय इश्वरी भुजेलको अवस्था अज्ञात छ । कार पनि त्रिशुलीमा डुबेर बेपत्ता भएको छ ।

कार दुर्घटनामा घाइते भएका पोखरा महानगरपालिका ६ बस्ने वर्ष ४९ को रुद्रलाल सुवेदीलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ ।

बेपत्ता कार र यात्रुहरुको प्रहरीले खोजी जारी राखेको छ ।

Leave A Reply

Your email address will not be published.