अमेरिकाले यात्रा प्रतिबन्ध खुकुलो बनाउँदै

0

एजेन्सी : अमेरिकाले अन्य देशका नागरिकहरु प्रवेश गर्न पाउने यात्रा प्रतिबन्ध खुकुलो पारेको छ । अमेरिकाले युरोप, बेलायत र अन्य देशका नागरिकमाथि लाग्दै आएको यात्रा प्रतिबन्ध खुकुलो बनाएको हो ।

नयाँ व्यवस्था अनुसार नोभेम्बरबाट पूर्णमात्रा खोप लगाएका विदेशी यात्रुहरू कोरोना परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेपछि अमेरिका जान पाउनेछन् ।

नयाँ नियम अमेरिकाले स्वीकृति दिएका मात्र वा सबै खोपहरूमा लागू हुने हो भन्ने स्पष्ट भैसकेको छैन । त्यसबारे अमेरिकी सेन्टर्स फर डीजिज कन्ट्रोलले निर्णय लिने बताइएको छ ।

क्यानडा र मेक्सिकोको जमिनबाट अमेरिका प्रवेश गर्नेहरूका हकमा भने नयाँ नियम लागु नहुने बताइएको छ । कोरोना नियन्त्रणका लागि भन्दै अठार महिनाअघिदेखि हवाईयात्रामा लगाइएका कडा प्रतिबन्धहरू खुकुलो बनाइएका हुन् ।

युरोपेली साझेदारहरुले लामो समयदेखि अमेरिकालाई प्रतिबन्ध हटाउन आग्रह गर्दै आएका थिए ।

नयाँ नियमहरु देश भन्दा पनि ब्यक्ति केन्द्रित हुने ह्वाइटहाउसका कोभिड संयोजक जेफ जिन्ट्सले जानकारी दिएका छन् । अमेरिकाले सन् २०२० को सुरुमा चीनबाट आउने यात्रुमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपछि अन्य देशहरूका पनि यसलाई विस्तार गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.