राष्ट्रियसभा बैठक : विनियोजन विधेयक स्वीकृत

0

काठमाडौं : राष्ट्रियसभाको मंगलबारको बैठकले ‘विनियोजन विधेयक २०७८’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्विकृत गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको सो प्रस्ताव बहुमतले स्विकृत भएको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे ।

उनले सो विधेयकको विभिन्न शिर्षकहरुमाथि समूहकृत रुपमा छलफलमा भाग लिनका लागि आगामी असोज ७ गते बिहीबारका लागि समय तोकिएको पनि जानकारी दिए ।

सो बैठकको एक दिन अघि सो विधेयकमाथिको विभिन्न शिर्षकमा छलफलमा भाग लिन चाहने सांसदहरुलाई दलीय आधारमा आफ्नो नाम उपलब्ध गराउन पनि अध्यक्ष तिमिल्सिनाले आग्रह गरे ।

राष्ट्रियसभाको अर्को बैठक असोज ७ गते बिहीबार बोलाइएको छ । विधेयक दुवै सदनबाट पारित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइनेछ । राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण भइसकेपछि मात्र सो विधेयक कार्यान्वयनमा आउनेछ ।

Leave A Reply

Your email address will not be published.