नेपाली डिजाइनर आरती प्रधान काफ्लेले डिजाइन गरेको पहिरन मिस ग्र्यान्ड बेल्जियममा उत्कृष्ट

0

मिस ग्र्यान्ड बेल्जियमको फाइनल ‘गाला राउन्डमा’ प्रतिस्पर्धी टपटेन सुन्दरीहरुको ड्रेस डिजाइन नेपाली डिजाइनर आरती प्रधान काफ्लेले गर्नु भएकोछ । गत शनिबार बेल्जियमको लिन्त शहरमा भएको फाइनलमा अन्तिम छ्नोटमा परेका १० जना सुन्दरीहरुले आरतीले डिजाइन गरेका पहिरनमा क्याट वाक गरेका थिए ।

बेल्जियममा अति प्रसिद्ध यस प्रतियोगिताको ड्रेस डिजाइन गर्ने आरती युरोपमै शायद पहिलो नेपाली हुनुहुन्छ । फेशन डिजाइनमा दक्ष आरतीले नेपाल र बेल्जियमबाट सम्बन्धित बिधामा उच्च शिक्षा हाशिल गर्नु भएकोछ । उहाको डिजाइनको उत्कृष्टताबाट प्रभाबित भएर मिस ग्र्यान्ड बेल्जियमको आयोजक टिमले फाइनल राउन्डको ड्रेस डिजाइनको जिम्मा दिएको र प्रतियोगीहरुको पहिरन देखेर आयोजकहरु लगायत सबै प्रभाबित भएका थिए ।


मिस ग्र्यान्ड बेल्जियम जस्तो ख्याती प्राप्त प्रतियोगिताको ड्रेस डिजाइन गर्ने अबसर मिल्नु नेपाली समुदाय र आफ्नो परिवारका लागि गौरबको बिषय भएको आरतीका पति अर्जुन काफ्लेले बताउनु भएकोछ ।

यस पटकको मिस ग्र्यान्ड बेल्जियमको उपाधी भारतको तिबेतियन शरणiर्थी शिबिरमा जन्मिएर बेल्जियम फ्लेमिस बार्बान्टमा बस्ने २० बर्षिय जोम्की तेन्जिनले जितेकी छिन । आगामी मिस ग्र्यान्ड इन्टरन्यासनलमा बेल्जियमको प्रतिनिधित्व गर्दै जोम्की सहभागि हुने मिस ग्र्यान्ड बेल्जियमकि डाइरेक्टर क्यारोलिन कोलिन्दाले बताउनु भएकोछ ।

फोटो क्रेडिट- क्यारोलिन कोलिन्दा /अर्जुन काफ्ले

Leave A Reply

Your email address will not be published.