महिला अध्यक्ष चयन गर्दै सम्पन्न भयो तमु धिं बेल्जियमको दोश्रो अधिबेशन

0

तमु धिं बेल्जियमको दोश्रो अधिबेशनले प्रबिना गुरुङ तमुलाई अध्यक्ष निर्बाचित गरेकोछ । आइतबार एन्तवेरपेनमा भएको अधिबेशनले उपाध्यक्षमा संगीता तमु र आश बहादुर तमु , महासचिबमा कमल तमु ,सचिबमा सञ्जय तमु , कोषाध्यक्ष अन्जना तमु ,सहकोषाध्यक्ष सुष्मा तमु र सदस्यहरुमा तारा तमु , ईन्द्र तमु र सौमन तमुलाई सर्बसम्मत निर्बाचित गरेकोछ ।

अधिबेशनले महासचिब जिमी गुरुङ तमुले प्रस्तुत गर्नु भएको प्रगती प्रतिबेदन र कोषाध्यक्ष अन्जना तमुको आर्थिक प्रतिबेदन पनि सर्बसम्मतिले पारित गरेकोछ ।


अधिबेसनको पहिलो सत्रको उद्घाटन बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभन्डारीले गर्नु भएको थियो । कोभिड महामारिमा मृत्‍यु भएकाहरुको सम्झनामा मौनधारण गरेर श्रद्धान्जली दिएर सुरु गरिएको कार्यक्रममा राष्ट्रिय गीत सहित पानसमा दीप प्रज्वलन गरि राज्दुत राजभन्डारी र तमु धि बेल्जियमका अध्यक्ष नबिन तमुले उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना दिदै राजदुत राजभन्डारीले आफ्नो पहिचान र कला संस्क्रितीको संस्थाले गरेको कामको प्रशंशा गर्दै भबिष्यमा पनि मिलेर नेपाल र नेपालीको लागि योगदान गर्न सुझाब दिनु भयो ।

एनआरएनए बेल्जियमका अध्यक्ष खड्क केसी मेलमिलाप र एकताले समाजमा धेरै काम गर्न सकिने भएकोले एनआरएनए सँग पनि सहमति र सहकार्य गरेर अगाडि बढ्न अनुरोध गर्नु भयो ।

इन्टरन्यासनल कमिटिका सेक्रेटरी विम्ली ले अल्पशंख्यक समुदायको अधिकार हित सँरक्षण गर्न मिलेर काम गर्न आभ्ह्वान गर्नु भयो ।

संस्थाका सल्लाहकार राम बहादुर गुरुङ , एनआरएनए नबनिर्बाचित आइसिसी सदस्य एबम पासा पुच बेल्जियमका अध्यक्ष भिम जोशी, जन प्रगतिशिल मोर्चा युरोप अध्यक्ष बिष्णु भुजेल लगायत बिभिन्न संस्थाका पदाधिकारी एबम प्रतिनिधिहरुले संस्थाको दोश्रो अधिबेशनको सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

तमु धिं बेल्जियमका अध्यक्ष नबिन तमुको सभापतित्वमा भएको उद्घाटन सत्रको सन्चालन जिमी गुरुङ तमु र अतिथिहरुलाई स्वागत मनिष तमुले गर्नु भएको थियो ।

.

Leave A Reply

Your email address will not be published.