काठमाडौं साक्षर जिल्ला घोषणा

0

काठमाडौं : काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले एक कार्यक्रमकाबीच काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरे ।

मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए ।

शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौती रहेको बताए । उनले शिक्षा क्षेत्रमा स्रोत र साधन भएपनि व्यवस्थापन र कार्यान्वयनमा जटिल चुनौती रहेको बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरुलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान आग्रह गरे । उनले प्राविधिक शिक्षा क्षेत्रमा बढी भन्दा बढी रकम लगानी गर्नुपर्ने बताए ।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ । सोही अनुरुप काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

Leave A Reply

Your email address will not be published.