अमेरिका, अस्ट्रेलिया र बेलायतबीच भएको नयाँ परमाणु सम्झौताको चीनद्वारा आलोचना

0

एजेन्सी : चीनले अमेरिका, अस्ट्रेलिया र ब्रिटेनबीच भएको नयाँ परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र बेलायतको निर्णयलाई एकदमै गैरजिम्मेवार कार्य भनेका हुन । बेईजिङले सम्झौताले पारमाणविक अप्रसार कार्यलाई पनि आघात पुर्‍याउने समेत दावी गरेको छ ।

सम्झौताले क्षेत्रीय सैन्य र हतियारको दौड सुरु हुनसक्ने चिन्ता चीनमा छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले इन्डो–प्यासिफिक क्षेत्र अझ जटिल बनेको र नयाँ सहकार्यले अस्ट्रेलियालाई आफ्नो सुरक्षा आवश्यकता पूर्ति गर्न सहयोग पु¥याउने दाबी गरेका छन ।

सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरेको छ । ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबर पक्ष समेटिएका छन । इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट तीन देश चिन्तित छन ।

Leave A Reply

Your email address will not be published.