मेरो ब्यक्तिगत र ब्यापारिक स्वार्थका लागि संस्थाको दुरुपयोग गर्दिन- कुल आचार्य

0

गैर आबासिय नेपाली संघका सल्लाहकार एबम अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले आफ्नो ब्यापारिक स्वार्थ र ब्यक्तिगत फाईदाका लागि संस्थाको दुरुपयोग गर्ने प्रब्रित्ती बढेकोले एनआरएनए प्रतिको आकर्षण घटेको बताउनु भएकोछ ।

बिहीवार भएको पत्रकारहरु सँगको साक्षात्कारमा आचार्यले आफुले आज सम्म संस्थालाई नोक्सान हुने र आफुलाई फाईदा हुने गरि कुनै पनि नगरेको र अब पनि संस्थालाई नोक्सान हुने काम नगर्ने प्रतिबाद्धता पनि जाहेर गर्नु भयो ।


संसार भरि भएका एनसीसी चुनावमा भएको धाधली बारे मिडिया जगत देखि सबै जानकार रहेको, अनियमिततालाई केन्द्रिय समितिले प्रकृयागत समाधान गर्न नसकेको र चुनाबि फाईदाकालागी संस्थाको बिधानको ब्याख्या गरेकोले असन्तुस्ति पररास्ट्र मन्त्रालय सम्म पुगेको हो भन्दै आचार्यले केन्द्रीय उपाध्यक्ष लगायतले बैठकमा फरक मत राख्दा समेत् बेवास्ता भएको संस्थाको बदनाम भएकोले त्यसलाई सहमति र बिधि सम्मत समाधान गर्न अनुरोध गर्नु भयो ।


गैर आवासीय नेपाली संघ परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था रहेको र परराष्ट्र मन्त्रालयसँग मिलेर प्रबासी नेपालीहरुको हितमा काम गर्नुपर्ने संस्थाको निती बिपरित राजनितिक हस्तक्षेप भयो भनेर केन्द्रीय पदाधिकारी कराउनु अनैतीक र बेमानी हो भन्ने भन्दै आचार्यले अगाडि भन्नु भयो ‘संघको उद्देश्य प्राप्तिका लागि पनि मन्त्रालयसँग समन्वय गरेर काम गर्नुपर्छ, सरकार कुन पार्टीको हुन्छ भन्ने कुरा गौण हो ।


आचार्यले संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै संघमा राजनीतिक हस्तक्षेप निम्त्याएको बताउनु भयो । हामी हाम्रो पक्षमा निर्णय होस् भन्ने चाहना राख्दैनौं, संस्थाको पक्षमा निर्णय होस् भन्ने चाहन्छौं, संस्थालाई मर्यादा भित्र राख्न मात्रै खोजेका हौं, चूनाबि फाईदाका लागि बिधानको दुरुपयोग् गरिनु हुन्न भन्ने मात्र हाम्रो माग हो आचार्यले पत्रकारहरुको जिज्ञासामा प्रष्ट पार्नु भयो ।

जालझेल गरेर प्रतिनिधि हेरफेर गर्ने , विधानको अपव्याख्या गर्ने अधिकार कुनै पनि पदाधिकारीलाई छैन भन्दै सोही अन्तरक्रियामा एनसीसी अमेरिकाका पूर्व अध्यक्ष एवम् आसन्न महाधिवेशनमा महासचिवका उम्मेदवार डा.केशव पौडेलले नेतृत्वले विवादित ठाउँलाई बेवास्ता गर्ने र नियमसँगत अधिवेशन भएका देशका प्रतिनिधिहरुलाई मान्यता नदिने काम गरेपछि विवाद उत्पन्न भएको बताउनु भयो ।


परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्नुमा कुनै तुक छैन, जसरी विशेष महाधिवेशन जबरजस्तीमा गरिएको थियो, अहिले पनि जबरजस्तीमै महाधिवेशन गर्न खोजिँदै छ, जुन स्वीकार्य छैन भन्दै पौडेलले निर्वाचनलाई निष्पक्ष बनाउन प्रयास गरिएको बताउँदै निष्पक्ष निर्वाचन हुन नदिन भ्रम सिर्जना गर्ने काम भइरहेको पनि दाबी गर्नु भयो ।

करिब दुई घण्टा सम्म पत्रकारहरु सँग रहेका कुल आचार्य केशब पौडेल लगायतले आगामी दिनमा संस्थालाई केन्द्रम्बिन्दुमा राखेर लेखी दिन र सुझाब दिन पनि पत्रकारहरुलाई अनुरोध गर्नु भयो ।

Leave A Reply

Your email address will not be published.