भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको मृत्यु

0

एजेन्सी : भारी वर्षाका कारण भारतको उत्तर प्रदेशमा १५ जनाको मृत्यु भएको छ । केही दिनयता लगातार भारी वर्षा हुँदा कयौं बेपत्ता भएका छन । डुबानका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

उत्तर प्रदेशमा केही दिनयता लगातार भारी वर्षा भइरहेको छ । उत्तर प्रदेशका केही ठाँउमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ ।

रायबरेली, लखनउ,सुल्तानपुर र अयोध्यामा बिहीबार एक सय मिलिमिटर भन्दा धेरै पानी परेको त्यहाको मौसम विभागले जानकारी दिएको छ ।

भारी बर्षापछि शुक्रबार र शनिवार दुई दिन प्रदेशका सबै स्कुल र कलेजहरु बन्द गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । लगातार पानी परिरहेकाले जोखिमलाई ध्यानमा राखेर विद्यालय बन्दको निर्णय गरिएको हो ।

भारतको मौसम विज्ञान विभागले शुक्रबार र शनिवार पनि भारी वर्षाको सम्भावना औल्याउदै सावधानी अपनाउन आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.