तालिबानद्वारा पन्जशीर उपत्यकामा २० सर्वसाधारणको हत्या

0

काठमाडौं : अफगानिस्तानको पन्जशीर प्रान्तमा तालिबान र विपक्षी सेनाबीचको भिडन्तमा २० जना सर्वसाधरण मारिएका छन् ।

भिडन्तका क्रममा एक युवकलाई तालीवानले घेरा हाली गोली हानेको दृश्य भाइरल भएको छ । दुई समुहको भिडन्तकै बीच तालीवानले सीम कार्ड बेचेको आरोपमा एक पसल सञ्चालकको गोली हानी हत्या गरेको हो ।

तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि पन्जशीर प्रान्त पनि कब्जामा लिने क्रममा कम्तीमा पनि २० जना सर्वसाधारणको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पन्जशीर उपत्यकामा सञ्चारसेवा अवरुद्ध रहेकाले यसबारे थप विवरण भने सार्वजनिक भएको छैन । तालिबानले काबुलसहित देशका अन्य प्रान्त कब्जा गरे पनि पन्जशीर अझै पूर्ण रुपमा तालिवानको कब्जामा आउन सकेको छैन ।

दशकौंदेखि अफगानिस्तानको प्रतिरोधको केन्द्रको रुपमा रहेको पन्जशीर प्रान्तको नेतृत्व विपक्षी कमाण्डर अहमद साह मसदुले सम्हालेका छन् ।

Leave A Reply

Your email address will not be published.