बालबालिकालाई खोप उपलब्ध गराउन प्रयास भैरहेको छ : प्रधानमन्त्री देउवा

0

काठमाडौं : राष्ट्रिय बाल दिवस आज विभिन्न कार्यक्रममा साथ मनाइँदैछ । यो वर्ष ‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र मतहातका कार्यालय एवं बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।

दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाका लागि विरुद्धको खोप उपलब्ध गराउने सम्बन्धमा नेपाल सरकार पूर्ण प्रयासरत रहेको उल्लेख गरेका छन् ।

उनले कोरोनाबाट प्रभावित बालबालिकाका लागि प्रत्येक कोभिड अस्पतालमा कम्तीमा २० प्रतिशत शय्याको व्यवस्था गरिएको पनि जानकारी दिएका छन् ।

कोरोनाको नकारात्मक प्रभावबाट बालबालिकालाई जोगाउन बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणका विषयहरूमा थप प्रयास गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

नेपालले प्रत्येक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरेको छ । सन् १९९०, सेप्टेम्बर १४ मा नेपालले बालअधिकार सम्बन्धी महासन्धिलाई अनुमोदन गरेको दिनलाई बालबालिकाको विशेष दिनको रुपमा लिइ राष्ट्रिय बाल दिवसको रुपमा मनाउने गरिएको छ ।

विक्रम सम्वत २०२२ सालदेखि भदौ ४ गते मनाउन सुरु गरिएको बाल दिवस २०६३ पछि भने भदौ २९ गते मनाउन थालिएको हो ।

Leave A Reply

Your email address will not be published.