अमेरिकाले दियो तालिबानलाई निर्दयी समूहको संज्ञा

0

एजेन्सी : अमेरिकाका सेनाका शीर्ष सैन्य जनरल मार्क मिलीले अफगानिस्तानका तालिबान विद्रोहीलाई निर्दयी समूहको संज्ञा दिएका छन् ।

अमेरिकाले २० वर्षे लामो युद्ध अन्त्य गरेपछि अमेरिकी सेनाको पहिलो सार्वजनिक टिप्पणी आएको हो । जनरल मिलीले तालिबान विद्रोहीहरु परिवर्तन हुन्छन् कि हुँदैनन् स्पष्ट नभएको समेत उल्लेख गरेका छन् ।

भविष्यमा आतंकवादविरुद्धको लडाइँमा तालिवानसँग अमेरिकाले समन्वय गर्नसक्ने सम्भावना भने बाँकी नै रहेको उनको भनाइ छ ।

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि जनरल मिलीले अमेरिकी रक्षामन्त्री लोयड अस्टिन सँगसँगै पत्रकार सम्मेलनमा तालिबानसँग सम्बन्धी धारणा सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनमा जनरल मिली र रक्षामन्त्री अस्टिन दुवैले अफगानिस्तानमा काम गरेका र उद्धारमा खटिएका सैनिकहरूको प्रशंसा समेत गरे ।

रक्षामन्त्री अस्टिनले भविष्यमा इस्लामिक स्टेटसँग आवद्ध आईएस–के विरुद्धको अभियानमा तालिबानसँग अमेरिकाले समन्वय गर्नसक्ने पनि बताए ।

तालिबानलाई सत्ताच्यूत गर्नेगरी शुरु गरेको युद्ध समाप्त गर्दै अमेरिकाले गत मंगलबारबाट अमेरिकाबाट सेना फिर्ता गरेको थियो ।

फिर्ता हुनुअघि १ लाख २० हजार भन्दा धेरैको अमेरिकाले काबुलबाट उद्धार गरेको थियो ।

अफगानिस्तान अहिले तालिबानको नियन्त्रण रहेको छ । उसले केही दिनमा नयाँ सरकार गठनको तयारी गरेको छ ।

अमेरिकी सेना फिर्ता गर्ने निर्णयलाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडनको देशभित्र र अमेरिकी साझेदार मुलुकबाट आलोचना हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.