सबल व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन नेता पौडेलको अपिल

0

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबल नेतृत्वका लागि सानातिना कुरा बिर्सेर आफ्नो आत्मको पुकार सुन्न आग्रह गरेका छन् ।

१४ औं महाधिवेशनको सन्दर्भमा बिहीबार भिडियो सन्देश जारी गर्दै उनले कांग्रेस जनताको भरोसा बन्ने दिशामा काम गर्न कार्यकर्तालाई अपिल गरेका हुन् ।

नेता पौडेलले सबल, चिन्तनशील र लोकतन्त्रका प्रति निष्ठावान व्यक्तिलाई नेतृत्वमा पुर्‍याउन अपिल गरेका हुन् ।

पौडेलले कोरोना संक्रमणको अवधिमा महाधिवेशन हुन लागेको उल्लेख गर्दै नेता तथा कार्यकर्तालाई स्वास्थ्य सावधानी अपनाउनसमेत आग्रह गरेका छन् ।

वरिष्ठ नेता पौडेलले अहिलेको परिवर्तनको रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने दिशामा काम गर्न कार्यकर्तालाई आह्वान समेत गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन शुक्रबारबाट शुरु हुँदैछ । एकैसाथ वडा अधिवेशन गर्ने भनिए पनि कांग्रेसले अहिलेसम्म ५७ जिल्लाकोमात्र क्रियाशील सदस्यता सूची निर्वाचन समितिलाई बुझाएको छ ।

Leave A Reply

Your email address will not be published.