दाङमा सिस्नेखोलाको भेलले कार बगाउँदा चार जनाको मृत्यु

0

दाङ : दाङको सिस्नेखोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । कार चालक घाइते भएका छन् ।

बुधबार राति घोराहीको गोग्लीबाट घोराही बजार तर्फ जाँदै गरेको प्रदेश ३ –०१–०२४ च ४४४० नम्वरको गाडी सिस्नेखोलाले बगाउँदा कारमा रहेका चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा घोराही १३ बस्ने ४० बर्षिया रितामाया पुन, घोराही १३ बस्ने अन्दाजी ३२ बर्षिया सुसिला श्रेष्ठ, घोराही १४ कि ३१ बर्षिया राधा श्रेष्ठ कुंवर र सोहि स्थानका ४२ बर्षिया बिमला केसी रहेका छन् ।

दुर्घटनामा घाइते चालक घोराही १३ का ४३ बर्षिय नरबहादुर पुनको दाङको घोराहीमा उपचार भैरहेको छ । उनको दायाँ खुट्टा, ढाड र बायाँ हातमा चोट लागेको छ ।

नेपालगञ्जमा सपिङ गरेर फर्कंदै गर्दा खोलामा आएको भेलमा उनीहरुलाई बगाएको हो । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको दाङ प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.