तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाद्वारा ८२ हजारभन्दा बढीको उद्धार

0

एजेन्सी : अमेरिकाले अफगानिस्तानबाट अहिलेसम्म ८२ हजारभन्दा बढीलाई उद्धार गरेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बुधबारसम्ममा ८२ हजार ३०० भन्दा बढी मानिसलाई उद्धार गरिएको जानकारी दिएको हो ।

पछिल्लो २४ घण्टामा मात्रै १९ हजारभन्दा बढीलाई उद्धार गरिएको छ । अमेरिकाले अगस्ट १४ देखि उद्धार अभियान थालेको हो ।

जुलाईदेखिकै हिसाब गर्ने हो भने ८७ हजार ९ सय भन्दा बढीको उद्धार भएको छ ।

तालिबानले काबुल कब्जा गरेपछि अमेरिकी सेनाले विमानस्थल नियन्त्रणमा लिएर अफगानिस्तान छाड्न चाहनेहरूलाई बाहिरिन सहयोग गरिरहेको छ ।

अमेरिकाले आफ्ना नागरिक, अफगानिस्तानका नागरिकसँगै अन्य देशका नागरिकहरूलाई पनि बाहिरिन मद्दत गरेको हो ।

Leave A Reply

Your email address will not be published.