एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले पाए निर्वाचन आयोगबाट प्रमाण पत्र

0

काठमाडौं : माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । राजनीतिक दल दर्ता नम्बर १६६ मा यो दल बुधबार दर्ता भएको हो । माधव नेपाल अध्यक्ष रहेको प्रमाणसहित आयोगले प्रमाण पत्रसमेत दिएको छ । 

नेकपा एमाले विभाजन गरेर चार भदौमा नेपाल पक्षले आयोगमा गएर नयाँ दल दर्ताको प्रक्रिया शुरु गरेको थियो । जसमा आयोगले दल दर्ता गर्न सनाखतका लागि बुधबार बिहान ११ बजे नेपालसहित पदाधिकारीलाई आयोगमा बोलाएको थियो ।

आयोगले तोकेकै समयसीमामा नेपाल पक्ष आयोग पुगेर सनाखत गरेपछि बुधबार राति आयोगले नयाँ दलको प्रमाण पत्र दिएको हो ।

त्यस्तै जनता समाजवादी पार्टीबाट फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी पनि विधिसम्मत दर्ता भएको छ । निर्वाचन आयोगले लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि दल दर्ताको प्रमाण पत्र दिएको छ ।

Leave A Reply

Your email address will not be published.