राष्ट्रपति बाइडेनद्वारा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता गर्ने निर्णयको बचाउ

0

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन् । अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि सैनिक फिर्ता गर्ने बाइडेनको निर्णयको चौतर्मी आलोचना भइरहको छ ।

आलोचनाका बीच राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट अमेरिकी बहिर्गमनको निर्णयमा आफू पूर्ण रूपमा कटिबद्ध रहेको बताएका हुन् । 

बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै अहिलेको स्थिति आउनुमा अफगानिस्तानको देश छाडेर भाग्ने त्यहीँका नेता जिम्मेवार भएको समेत बताए । 

उनले अमेरिकाले तालिम दिएर पनि अफगान सैनिकहरु लड्न नचाहेको आरोप लगाए ।

राष्ट्रपति बाइडेनले अफगानिस्तानका नेता देशको हितका लागि एकताबद्ध हुन सक्दैनन भन्ने पुष्टि भएको समेत बताए । उनले अमेरिकाले अफगान नागरिककका लागि सहयोग जारी राख्ने पनि प्रतिबद्धता जनाएका छन् । 

अमेरिकाको फिर्ती प्रक्रियामा कुनै पनि प्रकारको अवरोध गरेमा ‘भयानक शक्ति’ को सामना गर्नु पर्ने चेतावनी उनले तालिबानलाई दिएका छन् । अमेरिकी तथा सहयोगीहरुको सुरक्षित उद्धारका लागि काबुलमा थप सैनिक पठाउन बाइडेन बाध्य भएका छन् ।

Leave A Reply

Your email address will not be published.