अफगानिस्तानबाट ११८ नेपाली काठमाडौं आइपुगे

0

काठमाडौं : अफगानिस्तानबाट ११८ जना नेपालीहरु काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरको विमानमार्फत् काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

उनीहरुलाई अमेरिकी सेनाको विमानले अफगानिस्तानबाट उद्धार गरेर दोहा पुर्‍याएको थियो । दोहाबाट कुवेत हुँदै उनीहरु मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् ।

उनीहरुलाई लिन नेपाली सेनाको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो । अफगानिस्तानबाट आएका नेपालीहरुलाई क्वारेन्टिनमा राख्ने र प्रक्रिया पुर्‍याएर घर फर्काइने बताइएको छ ।

अफगानिस्तानमा अझै केही नेपालीहरु उद्धारको पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयले सोमबार साँझसम्म १३४ नेपालीहरु सम्पर्कमा आएको र सम्पर्कमा आएका सबैलाई उद्धार गर्ने जनाएको छ । 

Leave A Reply

Your email address will not be published.