अफगानिस्तान सरकारद्वारा सेना प्रमुख बर्खास्त

0

एजेन्सी : अफगानिस्तान सरकारले त्यहाँको सेना प्रमुखलाई बर्खास्त गरेको छ । तालिबान विद्रहीहरुले अफगानिस्तानका प्रान्तीय राजधानीहरु श्रृङ्खलाबद्ध रूपमा कब्जा गरेपछि अफगान सरकारले सेना प्रमुख वली मोहम्मद अहमदजाइलाई बर्खास्त गरेको हो । उनी उक्त पदमा गत जुनमा नियुक्त भएका थिए ।

अफगान राष्ट्रपति असरफ घानीले अहमदजानीलाई बर्खास्त गरेर नयाँ प्रधानसेनापतिमा हिबातुल्लाह अलिजाईलाई नियुक्त गरेको बताइएको छ ।

अफगानिस्तानमा एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको तालिबानले त्यहाँको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई आफ्नो कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि पनि बारम्बार उक्त जेलमा आक्रमण गर्ने कोशिस गर्दै आएका तालिवान लडाकुले बुधबार राती कान्दाहार जेल तोड्न सफल भएका हुन् । उक्त जेलमा तालिवानका महत्वपूर्ण नेता तथा लडाकुहरु राखिएकाले जेल विद्रोहीको निशानमा थियो ।

हालसम्म ३४ मध्ये ९ वटा प्रान्तीय राजधानीहरूलाई नियन्त्रण गरिसकेको तालिबानले कान्दहारलाई पनि कब्जा गर्न प्रयास गरिरहेको छ ।

अफगानिस्तानमा २० वर्षदेखि रहेका अमेरिकी र अन्य विदेशी फौजले छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको हो ।

Leave A Reply

Your email address will not be published.