महाधिवेशन कार्यतालिकाबारे निर्णय गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

0

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्न बैठक बोलाइएको हो ।

भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्न अब सम्भव नदेखिएकोले महाधिवेशन सार्ने निस्कर्षमा कांग्रेस नेताहरु छन् ।

क्रियाशील सदस्यतामा देखिएको विवाद र कोरोना महामारीले गर्दा भदौमा महाधिवेशन गर्न नसकिने निष्कर्षमा कांग्रेस नेताहरु पुगेका हुन् ।

सभापति देउवाले मंसिरमा महाधिवेशन गर्नुपर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौमै वडा तहलगायत तल्ला तहका महाधिवेशन शुरू गरेर असोजमा महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

केन्द्रीय समिति बैठक बस्नुअगाडि पनि शीर्ष नेता बैठक गरेर कार्यतालिकाबारे सहमति गर्ने तयारी छ ।

Leave A Reply

Your email address will not be published.