एनआरएनए पोर्तुगल बिभाजित, निर्वाचन समितिमा पनि बिभाजन , कोही सपथ खुवाउदै , कोही मत गन्दै

0

गैर आबासीय नेपाली संघ पोर्तुगल बिभाजित भएकोछ । एनसीसी पोर्तुगलको आठौ अधिबेशनको निर्वाचनको क्रममा बिबाद उत्पन्न भए पस्चात बुधबार एक पक्षले एकतर्फि नयाँ कार्य समितिको घोषणा गरेकोछ भने अर्को पक्षले मतगणना गरी रहेकोछ ।

गत हप्ता पोर्तुगलका चार वटा शहरमा मतदान बुथ राखि मतदानको ब्यबस्था गरिएकोमा तीन बुथमा अनियमितता भएको आवाज उठे पछि मतदान स्थगित गरिएको थियो । राजधानी लिसबोनको बुथमा मात्र मतदान सम्पन्न भएको थियो । बाँकी तीन स्थानको मतदान प्रकृयालाई लिएर दुई पक्षमा बिबाद भएको थियो । एक पक्ष बाँकी स्थानमा अनलाइन मतदान गराउन लागेको थियो भने अर्को पक्षले एउटै निर्वाचनमा दुई थरि प्रकृयाले मतदान गर्न नहुने अडानमा रहेको थियो ।

नयाँ मतदानको बिषयमा निर्वाचन समिती पनि बिभाजित भएकोछ । पाँच सदस्यीय निर्वाचन समितिका पदाधिकारीमा दिपक सुबेदी र तारा कुमारी गुरुङले सोमफुरी शेर्पाको समुहलाई निर्बाचित भएको घोषण गरेर निर्वाचन सम्पन्न भएको भनेका छन भने अर्को तर्फ निर्वाचन समितिका सदस्य मिङ्मार शेर्पाको उपस्थितिमा मगणना भैरहेकोछ ।

निर्वाचन समितिका संयोजक रमेश गुरुङले केन्द्रीय समितिको निर्देशन र बिधान अनुसारनै मतदान सम्पन्न गरिएको बताउदै अहिले मगणना भैरहेको निर्वाचननै बैधानिक हुने बताउनु भएकोछ । चारदिशासँग कुरा गर्दै गुरुङले आफु स्वास्थ्यको कारण मतणनामा उपस्थित हुन नसकेकोमा अन्यथा नबुझिदिन पनि अनुरोध गर्नु भएकोछ ।


निर्वाचन समितिको बिभाजन र दुई तिरका घोषणाले एनआरएनए पोर्तुगल बिभाजनको प्रकृयामा गएको भने प्रष्ट भएकोछ ।

Leave A Reply

Your email address will not be published.