बेल्जियममा “अन्डर 12 समर कप” फुटबल म्याच सम्पन्न

0

बेल्जियममा १२ बर्ष मुनिका बालकहरुका लागि ”अन्डर 12 समर कप 2021” फुटबल प्रतियोगिता सम्पन्न भएकोछ । आईतवार एन्तवेरपेन शहरको रुखभेल्ड खेलमैदानमा भएको खेलमा एन्तवेरपेन ‘बि’ प्रथम भएर सिल्ड जित्न सफल भयो भने एन्तवेरपेन ‘ए’ द्वितिय स्थानमा रह्यो ।

९ बर्ष मुनिको ( अन्डर 9 ) समुहमा लुभेनले जित हासिल गर्‍यो भने ५ वटा समुहबाट ८ जना खेलाडीलाई उत्कृष्ट खेलाडि बेस्ट प्लेयरको उपाधीले पुरस्क्रित गरियो । आदर्श श्रेष्ठ, प्रबेज ढुङगेल , सदिक चौधरी , आरोन केसी , केभिन थापा , बिबेक गुरुङ (बेस्ट स्कोर)दिक्सन प्याकुरेल र थेसुन छोपेललाई बेस्ट प्लेयरको ट्रफि प्रदान गरियो । उत्कृष्ट गोल रक्षकको उपाधी कर्माले पाए ।

बिरेन्द्र गुरुङ, दिपक प्याकुरेल, नबिन नेपाल आयोजक रहेको प्रतियोगिताको सहजिकरण बुद्दि बरालले गर्नु भएको थियो । बिजेता खेलाडिहरुलाई युरो नेपाल खेलकुद संघका अध्यक्ष ज्ञानु थापा, एनआरएनए बेल्जियमका युबा संयोजक राजु श्रेष्ठ र सन्तोष खड्का लगायत आयोजकहरुले ट्रफि , मेडल र नगद पुरुस्कार प्रदान गर्नु भएको थियो ।

बिहान ११,३० बाट सुरु भएको खेल बिभिन्न चरणमा गरि साझ ५, ३० मा सम्पन्न भएको थियो । छोराहरुको खेल हेर्न अबिभाबकहरु उत्साहका साथ मैदानमा रहेर हौसला बढाई रहेका थिए ।

नबिन नेपाल, सन्तोष खड्का , राजु श्रेष्ठले रेफ्रिको भूमिका निभाएको खेलमा ब्रुसेल लुभेन, गेन्ट र एन्तवेरपेनबाट खेलाडिहरु सहभागी भएका थिए ।

प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नु हुनेहरुको विवरण पढेर सुनाइएको कार्यक्रमको खर्च र आम्दानि विवरण छिट्टै प्रकाशित गर्ने जानकारी गराउदै आयोजकहरुले सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरेकाछन ।

Leave A Reply

Your email address will not be published.