मन्त्रिपरिषद् बैठक निर्णय : ५ सचिवको जिम्मेवारी हेरफेर, कर्मचारीको नयाँ तलबमान स्वीकृत

0

काठमाडौं : सरकारले विभिन्न पाँच जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए ।

त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका छन् । प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । सहसचिव गोविन्दप्रसाद शर्माको बढुवा गरी कृषि मन्त्रालयको सचिव पदमा पदस्थापना गर्ने निर्णय भएको छ ।

त्यसैगरी बैठकले परराष्ट्र सेवाका तीन जना उपसचिवालाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । उपसचिवहरू सुधीर भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारले सबै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान तय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

सैनिक सेवा चौथो संशोधन नियमावली, २०७८ छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ ।

माथिल्लो त्रिशुली ए जलविद्युत् आयोजनाको जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय अधिकृत कमलबहादुुर बोगटीलाई अधिकारी तोकेको छ ।

Leave A Reply

Your email address will not be published.