अफगानिस्तानमा तीन दिनमा २७ जना बालबालिका मारिए

0

एजेन्सी : अफगानिस्तानमा सेना र तालिबान विद्रोहीको लडाइँमा तीन दिन बीचमा २७ जना बालबालिकाको ज्यान गएको छ ।

युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको जनाएको छ । सोमबार युनिसेफले बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

कान्दाहार, खोस्त र पाक्तिया प्रान्तमा मात्र २७ बालबालिका मारिएका छन् । ती क्षेत्रहरूमा १ सय ३६ भन्दा बढी बालबालिकाहरू घाइते भएका छन् ।

बालबालिकाहरू सडकमा राखिएका बम र दोहोरो झडपमा परेर मारिएका हुन् । गत महिनाको हिंसामा मात्र अफगानिस्तानमा एक हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । युद्ध चर्केपछि हजारौँ सर्वसाधारण घर छाडेर राजधानी काबुलतर्फ लागेका छन् ।

तालिबानले लुटपाट मच्चाएको, मानिसहरूलाई कुटपीट गरेको र महिला र बालबालिकालाई बन्धक बनाएको बताइएको छ । तालिबानले केही दिनको बीचमा आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाएको छ ।

विदेशी सैनिकले अफगानिस्तान छाडेपछि तालिबानले आफ्नो नियन्त्रण बढाउँदै लगेको हो । युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ ।

Leave A Reply

Your email address will not be published.